सोरेङ: सोरेङ जिल्ला प्रशासनिक केन्द्रमा आज सेवा मतदाताहरूका चारवटा पोस्टल ब्यालेट प्राप्त भएको छ। पोस्ट अफिसका अधिकारीहरूले सबै पोस्टल ब्यालेट मंगलबारियाका एसडीएम गिडोन लेप्चालाई हस्तान्तरण गरे।
यस अवसरमा जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू, चुनाउ एजेन्टहरू र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू उपस्थित थिए।
सबैको उपस्थितिमा प्राप्त पोस्टल ब्यालेट स्ट्रङ रूममा सील गरियो। सबै प्रक्रियाको नियम अनुसार भिडियो गरियो। जिल्लाका चार निर्वाचन क्षेत्रबाट अहिलेसम्म १२६ वटा पोस्टल ब्यालेट प्राप्त भएको बताइएको छ।