कुणाल घोषलाई पार्टी महासचिवको पदबाट निष्कासित

01_05_2024-kunal_ghosh_1_23708967.webp

काेलकाता: पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कंग्रेसले कुणाल घोषलाई पार्टी महासचिवको पदबाट हटाएको छ। दक्षिण कोलकाताबाट भाजपाका लोकसभा उम्मेद्वार तापस रायको सराहना कुणाल घोषले बुधवार बिहान गरेका थिए।

यहाँबाट तृणमूल कंग्रेसका उम्मेद्वार सुदीप ब्यनर्जी हुन् जसको विरोधमा कुणाल घोषले प्रायजसो टिप्पणी गर्दै आइरहेका छन्।

त्यसपछि अपरान्ह डेरेक ओ ब्रायनको हस्ताक्षर सहित जारी एक बयानमा तृणमूल कंग्रेसले घोषणा गरेको छ, पार्टी विरोधी गतिविधि तथा बयानहरू दिइएको कारणले कुणाल घोषलाई महासचिवको पदबाट हटाइएको छ। यसमा यो पनि लेखिएको छ, उनलाई पार्टी प्रवक्ताको पदबाट पहिला नै हटाइएको थियो।

डेरेक ओ ब्रायनले भनेका छन्, मीडियालाई पार्टीसित सम्बन्धित कुनै पनि बयानको लागि कुणालित सम्पर्क नगर्नुहोला। यसो गरियो भने मीडिया हाउसविरूद्ध लीगल एक्शन लिइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement