अगरतलाको रामनगरमा छात्रामा मृत्यु

Death-Image-Rep-copy

अगरतला: आईसीएफएआई विश्वविद्यालयकी एक १९ वर्षीया छात्रालाई अगरतलाको रामनगरमा उनको भाडाको घरमा झुण्डिएको अवस्थामा फेला परेको अधिकारीहरूले बताएका छन्। मृत्यु हुने छात्रा दक्षिण त्रिपुराको शान्तिरबजार निवासी रहेको बताइएको छ। पुलिसका अनुसार उनी डायलासिसको दोस्रो सेमेस्टरमा थिइन्। सोमबार साँझ पुलिसले साथीहरुसँगै उनको अपार्टमेन्टको ढोका खोल्दा उनी झुण्डिएको अवस्थामा फेला परेपछि घटना बाहिर आएको हो। उनलाई चिनेका धेरैले भने के कारणले गर्दा उनले आफ्नो ज्यान लिन बाध्य भइन् भन्नेबारेमा कुनै जानकारी पाइएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement