शेराब छाेइलिङ म्हाणी गुम्बा मिरिकमा बुद्ध जयन्ती पालन गरिने

IMG-20240501-WA0197.jpg

मिरिक: मिरिक महकुमा अन्तर्गत थर्बु नन्दलाल गाउँमा रहेकाे शेराब छाेईलिङ म्हाणी गुम्बा सञ्चालन समितिकाे सभा आज गुम्बा परिसरमा भयाे। सभाले गुम्बा सञ्चालन अनि आगामी बुद्ध जयन्ती पालनबारे चर्चा गर्दै गत वर्ष झैं यस वर्ष पनि आगामी २३ मईमा भव्य रूपमा गुम्बामा बुद्ध जयन्ती पालन गर्ने निधाे गरेकाे छ। गुम्बाका प्रमुख धर्मगुरू सुरेस लामा स्याङ्देनकाे उपस्थितिमा भएकाे सभाले गुम्बा सञ्चालन समिति पनि गठन गरेकाे छ जसमा अध्यक्ष हर्कमान तामाङ, सचिव साङ्गे शेर्पा अनि काेषाध्यक्ष बिनु तामाङलाई चयन गरिएकाे छ। सभाले गुम्बा सञ्चालन राम्राेसित गर्ने अनि यसपालीको बुद्ध जयन्ती भब्य रूपमा पालन गर्ने निधाे गरेकाे जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement