प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिद्वारा मई दिवस पालन

IMG-20240501-WA0190.jpg

खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिद्वारा खरसाङमा मई दिवस साधारण रुपमा पालन गरिएको जानकारी प्राप्त भएको छ। प्रजातान्त्रिक असंगठति श्रमिक संगठनको अध्यक्ष एल्जिन ब्राह्मणको
अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय मई दिवस मनाईरहेका श्रमिकहरुले मुद्दा भने क्षेत्रीय नै रहि आएको र बढ्दाे महङ्गाई अनि बढ्दाे बेरोजगारी समस्याले स्थानीय श्रमिकहरु दिन दिनै साेचनीय अवस्था बनाईरहेको बताएका छन्। जीटीए खरसाङ साथै दार्जीलिङ पहाडी क्षेत्रहरुमा धेरै जसाे कमानहरु बन्द छन् र उनीहरु पनि शहरमा नै राेजगारकाे खाेजिमा दिनहुँ आईरहेका छन् र उनीहरुलाई पनि आफ्नाे घर संसार चलाउनु गाह्रो परिरहेकाे महसुस गर्न सक्छौं साथै बढ्दाे प्रवासी श्रमिकहरु दिनहुँ यहाँ आउने गरिरहेका छन्। फेरि घर निर्माण गर्ने कार्यमा मानिसहरूकाे पहिलाे राेजाई प्रवासी श्रमिक नै हुन्छ। भारत स्वतन्त्र देश भएकोले जाे जहाँ पनि काम गरि खाने प्रवाधान छ।उक्त कुरालाई नकार्न सकिन्न तरै पनि स्थानीय श्रमिकहरुले पनि गाँस, बास र कपासकाे जाेगाड दैनिक कामले नै गर्नु पर्ने हुन्छ भन्ने कुरा संगठनका उपाध्यक्ष निमा तामाङले राखेका थिए। सभालाई सम्बोधन गर्दै अध्यक्ष एल्जिन ब्राह्मणले भने, प्रजातान्त्रिक असंगठित श्रमिक संगठनकाे लगातार अपिलपछि अहिले वर्तमान समयमा स्थानीय श्रमिकहरुको मांग धेरै बढिरहेकाे छ साथै धेरै श्रमिक साथीहरु हामीसित जाेडिरहेकाे पनि जानकारी गराएका छन्। उनले हामीलाई पार्टीले स्वतन्त्र रुपमा काम गर्ने अधिकार दिएका छन्। बाेल्ने अधिकार र कुरा राख्ने अधिकार दिएका छन्। हामीले भनेकाे कुरा पाटिका माथिल्लो तहका नेताहरूले हल गरिदिने काेशिष गरिरहेका हुन्छन्। स्थानीय ठेकेदारहरुले पनि हामीलाई धेरै सहयाेग गरिरहेका छन्। मालिक पक्षले पनि यहाँकै श्रमिकहरुलाई पहिलो प्राथमिकता दिरहेका छन्। उक्त कुराको लागि हामी संगठनकाे पक्षबाट धन्यवाद दिन चाहान्छाैं।जीटीएलाई पनि हामी धन्यवाद दिन चाहान्छाैं। हामीले साेच्नु पनि नसकेका कुरा सिलगढी जस्तो ठाउँमा जीटीए प्रमुख कार्यपाल माननीय अनित थापाकाे प्रयासमा श्रमिक भवन निर्माण भईरहेका छन्। यस भवनले हामी श्रमिकहरुले ठूलाे सहयाेग प्राप्त गर्नु सक्नेछाैं चालक दाजुभाइहरुकाे निम्त विश्राम आवास। यस्ता कुराले पहाडी भेगमा बस्ने चालकहरु जाे दिनहुँ सिलगढी जाने गरेका छन् उनीहरुकाे लागि ठूलाे उपलब्धि हाे। जिटीए हेल्प डेस्क जस्ता सुविधाहरु पनि सिलगढीमा उपलब्ध गराईदिनु भएका छन्। बिरामीलाई ठूलो सहयाेग भईरहेका छन्। यस्ता धेरै परियाेजनाहरु छन् जसले आगामी दिनमा जीटीए क्षेत्रमा नै हामीले राेजगारकाे अवसर प्राप्त गर्नु सक्नेछौं।’
आजकाे सभालाई संगठनका कार्यवाहक सचिव रञ्जन तामाङले सञ्चालन गरेका थिए भने उपाध्यक्ष निमा तामाङ, सह सचिव विकास सार्की, काेषाध्यक्ष प्रभाकर सार्की साथै सदस्यहरु उपस्थित थिए भनी मूल सचिव रञ्जन तामाङले जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *