भागोप्रमोको श्रमिक संगठनद्वारा महानदीमा श्रमिक दिवस पालन

IMG-20240501-WA0187.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको आयोजनामा खरसाङको महानदी बजारस्थित सार्वजनिक भवानमा श्रमिक दिवस पालन गरिएको छ। चुनाव आचर संहितालाई पालन गर्दै विगत वर्ष झैं भव्य रुपमा पालन नगरेर सामान्य रूपमा श्रमिक दिवस पालन गरेको ट्रेड युनियन खरसाङ महकुमा समितिको महासचिव भक्तिमान तामाङले बताएका छन्। कार्यक्रममा श्रमिक दिवस किन पालन गरिन्छ भन्ने विषय केन्द्रीय समितिको कानुनी सल्लाहकार शेखरचन्द्र प्रधानले आफ्नो सम्बोधनमा राखेका थिए। श्रमिक दिवस कार्यक्रममा खरसाङ महकुमा समिति सभापति सागर गुरूङ, उप सभापति किशन लेप्चा जनक छेत्री, सदस्य बसन्त कुलुङ राई, महानदी ग्राम पञ्चायत प्रधान पासाङ शेर्पा, पञ्चायत समिति सदस्य कुसाङ लामा, ग्राम पञ्चायत सदस्य राजीव तामाङ लगायत नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान लगायत अन्य प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *