सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनद्वारा अन्तरार्ष्ट्रीय श्रमिक दिवस पालन

IMG-20240501-WA0183.jpg

सोनादा: सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनद्वारा सोनादा क्षेत्रमा अन्तरार्ष्ट्रीय श्रमिक दिवस कार्यक्रम आयोजना गरिएको छ। सन् २०२१ सालमा स्थापना भएर विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेका छन्। यसै क्रममा सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनले श्रमिक दिवसको अवसरमा सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनद्वारा एक रैलीको आयोजना पनि गरेका छन्।

उक्त रैली सोनादाको पेट्रोल पम्पदेखि शुरु गरेर सरस्वती डाँड़ा हुँदै स्कट मिशन प्राथमिक पाठशालाको प्रांगणसम्म पुगेर कार्यक्रममा परिणत भएको थियो। उक्त कार्यक्रम सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनको सभापति राजेन तामाङको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई युनियनको उप सभापति कुञ्जुला वाईबाले सञ्चालन गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण युनियनको सचिव आरबी दियालीले राखेका थिए।

कार्यक्रममा मई दिवस विषयमा युनियनको पक्षबाट महेन्द्र राई, कर्म तामाङ र सभापति राजेन तामाङले वक्तव्य राखेका थिए। उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनको पहलमा उप सभापति कुञ्जुला वाईबाले विस्तृत रूपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *