राजगञ्ज: यस कुदीरहेको रेलबाट खसेर एक युवकको मृत्यु भएको घटना बुधबार राजगञ्ज ब्लकको अम्बाडी रेलवे स्टेशन नजिक भएको हो। यो समाचार लेख्दासम्म मृतकको परिचय खुल्न सकेको छैन। मृतक युवाले नीलो रंगको हाफ प्यान्ट र सेतो टी–सर्ट लगाएका छन्। आज दिउँसो करिब ३ बजे अम्बाडी–फलकाटा रेलवे स्टेसनबाट केही दूरीमा रेलवे लाइनमा एक युवकको लाश फेला परेको बताइएको छ। आसाम जाँदै गरेको एक्सप्रेस रेलबाट खसेर युवकको मृत्यु भएको अनुमान गरिएको छ। खबर पाएलगत्तै रेलवे पुलिस र अम्बाडी थाना पुलिस घटनास्थल पुगेका थिए। त्यसपछि लाश बा बरामद गरी पोस्टमार्टमका लागि पठाइएको थियो।