लोकसभा चुनाव २०२४: असमक मुख्यमन्त्री हिमन्त विश्व सरमाद्वारा तेज गतिमा चुनाव प्रचार

Assam-CM

गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले ७ चरणमा सम्पन्न हुने लोकसभा चुनावको तेस्रो चरणमा बढी अल्पसंख्यक मतदाताहरूलाई आकर्षित गर्न आफ्नो प्रयासलाई तीव्र पारेका छन्। मुस्लिम अल्पसंख्यक बहुल कामरूपको सन्तोली क्षेत्रमा आज आयोजित चुनावी र्‍यालीमा उनले सम्बोधन गरे। र्‍यालीमा, मुख्यमन्त्री सरमाले भाजपालाई समर्थन गर्न मतदातालाई आकर्षित गर्न विकास र पूर्वाधार विकासको रणनीतिक मिश्रण प्रस्तुत गरे। अल्पसंख्यक समुदायबाट प्राप्त सहयोगमा आफू आशावादी रहेको बताउँदै मुख्यमन्त्री सरमाले भने, ‘अल्पसंख्यक समुदायले भर्खरै हामीलाई साथ दिन थालेको छ, आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्दछौँ।‘ सोन्तली उच्च माध्यमिक विद्यालयको खेल मैदानमा भएको ‘विजय संकल्प समारोह’ कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो। गुवाहाटी लोकसभा क्षेत्रबाट भाजपा उम्मेदवार बिजुली कलिता मेधी अनुपस्थित रहे पनि मुख्यमन्त्री सरमाले चुनावी अभियानको नेतृत्व गरे। आफ्नो सम्बोधनमा उनले यस क्षेत्रमा कनेक्टिभिटी र सार्वजनिक सेवाहरू सुधार गर्ने उद्देश्यका विभिन्न प्राथमिकताका प्रतिबद्धताहरू रेखांकित गरे। यी प्रतिवद्धताहरूमा विशेष गरी गोराईमारीदेखि सोन्तलीसम्म सडक निर्माणको योजना र असम माला योजनाअन्तर्गत जोल्जोली नदीको पुलको प्रस्ताव समावेश गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement