पीभी सिन्धू सहित सातजना ब्याडमिण्टन खेलाड़ीलाई ओलम्पिक कोटा

IMG-20240501-WA0180.jpg

नयाँ दिल्ली: पूर्व वर्ल्ड च्याम्पियन पीभी सिन्धू सहित ७ जना भारतीय ब्याडमिण्टन खेलाड़ीले आफ्नो ओलम्पिक खेल क्वालीफिकेशन ऱ्याङकिंगको आधारमा चारवटा वर्गमा यस साल हुने पेरिस ओलम्पिकको निम्ति आधिकारिक रूपले क्वालीफाई गरेका छन्। सिन्धू र भारतका शीर्ष पुरुष एकल खेलाड़ी एचएस प्रणयको साथमा लक्ष्य सेनले धेरै अघि नै ओलम्पिक कोटा हासिल गरेका थिए अनि यसको औपचारिकता सोमवार पूरा भयो, जुन अन्तर्राष्ट्रिय ब्याडमिण्टन महासंघ (बीडब्ल्यूएफ)-द्वारा निर्धारित कट् अफ् तारिख थियो। पात्रता नियमहरू अनुसार कट् अफ् तारिखसम्म ओलम्पिक खेल क्वालीफिकेशन ऱ्याङकिंगको आधारमा पुरुष र महिला एकलमा शीर्ष १६ ब्याडमिण्टन खेलाड़ीहरूले ओलम्पिकको निम्ति क्वालीफाई गर्छन्। पूर्व वर्ल्ड च्याम्पियन तथा ओलम्पिकमा दुईपल्टकी पदक विजेता सिन्धू ऱ्याङकिंगमा १२औं स्थानमा रहेकी छन् जबकि पुरुष एकलमा प्रणय र सेन क्रमशः नवौं र १३औं स्थानमा रहेका छन्। सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको पुरुष युगल जोड़ी ओलम्पिक क्वालीफिकेशन चक्रको अन्तमा तेस्रो स्थानमा रह्यो। सात्विक र चिरागको जोड़ीले यस साल ओलम्पिकमा पदक जित्ने प्रबल दावेदार मानिएको छ। महिला युगलमा तनीषा क्रास्टो र अश्विनी पोनप्पाकी भारतीय जोड़ीले क्वालीफिकेशन चक्रको अन्तमा १३औं स्थानमा रहेर ओलम्पिकको निम्ति क्वालीफाई गऱ्यो। यसबीच त्रिसा जली र गायत्री गोपीचन्दकी महिला युगल जोड़ी चाहिँ क्वालीफाई गर्नदेखि चुक्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement