खरसाङ: तीनधारेमा यस वर्ष २०२२ को फूलपाती समारोह तीनधारेको स्मृति वनमा आयोजना गरिने भएको छ। यसै विषयमा तीनधारेमा एक सभा सम्पन्न भएको छ। उक्त सभामा नै यसपाली पनि तीनधारेमा सबैलाई समेटेर फूलपाती समारोह आयोजना गरिने र यसको लागि पुरानै फुलपाती समारोह समितिलाई यथावत राखेर फुलपाती समारोह आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ।
यस विषयमा तीनधारेमा सभा गरेपछि फूलपाती समारोह समितिको सचिव उत्तम शर्माले पत्रकारहरूसित कुराकानी गर्दै यसपाली पनि हामीले तीनधारेको स्मृति वनमा फुलपाती समारोह समितिको आयोजनामा नै सबैलाई समेटेर स्वच्छ रूपमा फूलपाती समारोह आयोजना गर्ने भएको बताएका छन्। उनले फूलपाती समारोह आयोजनाको लागि आगामी २१ अगस्तको दिन तीनधारेमा सबै संघ संस्थाहरूलाई लिएर सभा गरिने भएको पनि जानकारी गराएका छन्।










