सेन्जेन: चीनको गुआंग्डोंग प्रान्तमा बुधबार सडक धँसिदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भनेे कुल ३० जनालाई उपचारका लागि अस्पताल लगिएको छ। यस क्षेत्रमा केही दिनदेखि भारी वर्षा भइरहेको छ। सीसीटीभी रिपोर्टका अनुसार सडकको धसिएको भाग करिब १८ मिटर लामो छ र करिब १८४ वर्ग मिटर क्षेत्रफल ओगटेको छ। दुर्घटनापछि पुलिस, दमकल र अन्य निकायका करिब ५ सय आकस्मिक सेवाका कर्मचारी उद्धारमा जुटेका थिए। अहिले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।