२४ गाइबस्तुसहित वाहन चालक पक्राउ

3701032-65-1.jpg

जोरबत (असम): जोरबत ओपी, बशिष्ठको पूर्वी गुवाहाटी पुलिस विभाग (इजीपिडी) को टोलीले आज जोरबत लिंक रोडमा २४ गाईवस्तुसहितको गाडी नियन्त्रणमा लिएको छ। सूचनाको आधारमा पुलिस टोलीले असम मेघालय सीमामा रहेको जोरबत लिंक रोड नाका चेकिङ प्वाइन्टमा गाडी नम्बर एएस०१क्युसी७९७७लाई रोक्यो। चालककाे पहिचान मेयोङ, मोरिगाउँका २१ वर्षीय मुसर्रफ अली को रुपमा भएको छ। अलीले मोरिगाउँबाट २४ वटा जिउँदो गाईवस्तुलाई अवैध रूपमा मेघालयको बिरनिहाटतर्फ लैजाँदै गरेका थिए।

अनुसन्धानका क्रममा पुलिसले चालकलाई २४ वटा गाईवस्तुको वैध कागजात र कानुनी कागजात पेश गर्न भनेको थियो। तर, मुशर्रफ अलीले गाईवस्तुको स्वामित्व दाबी गर्ने कुनै प्रमाण पेश गर्न सकेनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement