कोलकाता: अग्रणी पुस्तक पसल चेन स्टारमार्कले अभिनेता सिद्धार्थ च्याटर्जीद्वारा लिखित ‘फेलुदार प्रोथोम तोप्से’को विमोचन कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा प्रख्यात फिल्म निर्देशक सन्दिप रे, पूर्व बडीबिल्डर मलय रोय, प्रशंसित अभिनेता तथा चलचित्र निर्देशक कुशल चक्रवर्ती, सम्मानित चलचित्र निर्देशक शान्तनु बागची र त्रिदिब च्याटर्जीलगायत चलचित्र साथै साहित्यिक जगतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। लेखक, सम्पादक तथा पब्लिशर्स एण्ड बुकसेलर्स गिल्डका महासचिव, पत्र भारतीका मालिक पनि उपस्थित थिए।
यस विमोचनले विशेष महत्व राखेको थियो, कारण यसले सिद्धार्थ च्याटर्जीको यात्रालाई मनाएको थियोl जसले दिग्गज फिल्म निर्माता स्वर्गीय सत्यजीत रेद्वारा निर्मित कालातीत उत्कृष्ट कृति ‘सोनार केल्लान्ड जोय बाबा फेलुनाथ’बाट प्रतिष्ठित चरित्र ‘तोप्से’ को रूपमा आफ्नो अद्वितीय परिप्रेक्ष्य र अनुभवहरू प्रस्तुत गरेका छन्।
‘जब मैले फेलुदाको संसारमा पहिलो पटक पाइला राखेँ, म त्यहाँ अपरिचित थिएँ। तर, तोप्सेलाई मूर्त रूप दिने यात्रा मेरो लागि परिवर्तनकारी अनुभव थियो। सेटमा प्रत्येक पल, कलाकार र टोलीसँगको प्रत्येक अन्तरक्रियाले मलाई सत्यजित रेको दृष्टिकोण र चरित्रको सार बुझ्न मद्दत गर्यो’, सिद्धार्थ च्याटर्जीले भने। सन्दिप रेले अभिनेताको चित्रणमा आफ्नो अन्तरदृष्टि साझा गर्दै भने, ‘सिद्धार्थले तोप्सेको चित्रण उपयुक्त मात्र होइन, गहिरो प्रामाणिक पनि छ। प्रारम्भिक आशंकाका बावजुद, उनले निर्बाध रूपमा क्यारेक्टरलाई मूर्त रूप दिएका छन्l टोप्सेलाई संसारभरका दर्शकहरूलाई मोहित गर्ने तरिकाद्वारा जीवनमा ल्याएका छन्।‘
‘स्टारमार्कमा, हामी एक जीवन्त साहित्यिक समुदायलाई बढावा दिनका लागि लेखक र कलाकारहरूको विविध प्रतिभाको उत्सव मनाउन उत्साहित छौं। ‘फेलुदार प्रोथम तोप्से’को विमोचानको एक हिस्सा हुन पाएकोमा सम्मानित छौँl हामी आशा गर्छौं, पाठकहरूले तोप्सेको बारेमा नयाँ आयाम प्राप्त गर्नेछन्’, स्टारमार्कका सीईओ गौतम जाटियाले भने। विमोचन कार्यक्रम साहित्य, सिनेमा, र फेलुदाको स्थायी विरासतको एक आकर्षक उत्सव थियो। पत्र भारतीद्वारा प्रकाशित ‘फेलुदार प्रोथोम तोप्से’ पुस्तक पसल र अनलाइन प्लेटफर्महरूमा उपलब्ध छl यसको मूल्य रु. ३२५/ रहेको छ।