खरसाङ: लायन्स क्लब अनि ह्युमन राइट्स खरसाङको संयुक्त तत्वधानमा, खरसाङ वार्ड नम्बर १८ स्थित लायन्स सेन्टरमा आज नि:शुल्क आँखा जाँच शिविर आयोजना भएको छ। आँखा जाँच्नको निम्ति लायन्स क्लब सिलगढी नेत्रालयका डाक्टरहरु आएका थिए। उक्त शिविरको जानकारी दिँदै लायन्स क्लब खरसाङका अध्यक्ष विनम्र गोयेनकाले भने- “लायन्स क्लबको चाहना छ कि सबै मानिसले राम्ररी देख्न सकोस्। त्यसैले हामी आँखा शिविरहरु आयोजना गरिरहन्छौं। म चाहान्छु खरसाङका प्रत्येक मानिसको आँखा स्वस्थ्य रहोस्।”

लायन्स क्लबले केवल आँखा शिविर आयोजना गर्दैन तर मोतिबिन्दु भएको कुनै व्यक्तिलाई शिविरमा भेटिए उनीहरूको अपरेसन नि:शुल्क गराउन प्रबन्ध पनि गर्छ भने शिविरमा यदि कसैलाई मोती बिन्दु भएको भेटिए उनीहरुलाई सिलगढीस्थित लायन्स क्लबको नेत्रालयमा नि:शुल्क अपरेसन पनि गराउँछौं भनी बताएका छन्। त्यसरी नै ह्युमन राइट्स खरसाङका अध्यक्ष सरोज चौहानले भने, “स्वास्थ्य मानिसको अधिकार हो। त्यसैले यहाँका स्थानीय वासिन्दालाई स्वाथ्य आँखा राख्नु प्रोत्साहन गर्न हामीले लायन्स क्लब खरसाङसंग मिलेर यो शिविरमा अंश ग्रहण गरेका हौं।”

स्मरण रहोस, ह्युमन राइट्स एशोसिएसनले खरसाङमा आफ्नो कार्य भर्खर सुरु गरेको छ। आजको शिविरमा आँखा जाँचको साथमा चश्मा पनि कम मूल्यमा उपलब्ध गराइएको जानकारी प्राप्त भएको छ।