झापा: विराटनगर महानगरपालिका वार्ड नम्बर १३ स्थित माईती नेपाल चौकमा रहेको फ्रेस हाउसको घुम्तीमा आगलागी भएको छ। कुखुरा पोल्नको लागि राखिएको सिलिण्डर ग्यास लिक भएर टिनाको घुम्तीमा मंगलबार दिउसो अचानक आगलागी भएको थियो। घुम्तीमा राखिएका दुईवटा सिलिण्डर ग्यास पड्कीएको थियो। आगलागीका कारण भने कुनै पनि मानविय क्षति भने हुन पाएन। घुम्तीमा भएको आगलागीबाट नजिकै रहेको बिजुलीको पोलमा समेत आगलागी भएको स्थानीयले जानकारी दिए। आगलागीका कारण करिब डेढ लाख बराबरको क्षति भएको मोरङ पुलिसले जनाएको छ। आगलागी विराटनगर महानगरपालिकाको २ वटा दमकलले नियन्त्रणमा लिएको छ।