झापा: मोरङको मधुमल्ला बजारमा हर्क बहादुर श्रेष्ठले सञ्चालन गरेको चोइस होटलमा बुधबार बिहान करिब २ बजेको समयमा बिद्युत सर्ट भई ग्यास सिलिन्डर पड्किदा आगलागी भएको छ। आगलागीबाट पसलमा रहेको सम्पूर्ण सामानहरू जलेर पूर्णरूपमा नष्ट भएको छ। कोशी ग्यासको डिलर पनि भएको कारणले स्थानीयहरू त्रसित भएका थिए आगलागी नियन्त्रण गर्न उर्लाबारी,पथरी,दमक नगरपालिकाको बारुणयन्त्र परिचालन गरिएको थियो।