मेची राजमार्गमा सवारी दुर्घटना

IMG_20240501_152623

झापा: इलामको रोङ गाउँपालिका ४, बाघखोरस्थित मेची राजमार्ग आज भएको भ्यान दुर्घटनामा एकजनाको मृत्यु भएको छ। झापाबाट इलामतर्फ गुडिरहेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान दुर्घटनास्थलमा एकजनाको शव फेला परेको पुलिसले जनाएको छ। अन्दाजी २४/२५ को मृत पुरुषको नामथर नखुलेको डिएसपी प्रकाश जबेगूले जानकारी दिए। ‘घटनास्थलमा थप खोजतलास तथा बुझ्ने  कार्य भइरहेको छ,’ उनले भने, ‘थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि पशुपतिनगरबाट इन्स्पेक्टर नेतृत्वमा सात जनाको टोली घटनास्थल गएको छ।’  भ्यानका चालक  र गाडीमा कति जना सवार थिए भन्नेबारे बुझ्ने कार्य भइरहेको उनले जानकारी दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *