मैले पाएको मतबाट राज्य सञ्चालकहरु झस्किएका छन्: डकेन्द्र थेगिम

IMG-20240501-WA0009

झापा: इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह थेगिमले आफूले पाएको मत पहिचान आन्दोलनका लागि महत्वपूर्ण भएको बताएका छन्। उपनिर्वाचनको नतिजा आएपछि बुधबार इलाममा पहिचान पक्षधरले पत्रकार सम्मेलन आयोजना गरेका थिए। सो कार्यक्रममा उम्मेदवार थेगिमले आफूले पाएको मतबाट राज्य सञ्चालन गरिरहेकाहरु झस्किएको धारणा राखे। ‘निर्वाचनमा सहभागी हुनु भनेको हाम्रो अन्दोलनकै एउटा गतिविधि थियो, हाम्रो आन्दोलन जारी छ’, थेगिममले भने। २७ अप्रेल (१५ वैशाख)मा भएको इलाम–२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवारी दिएका थेगिमले ११ हजार ४५७ मत पाएर तेस्रो स्थानमा रहे। उनले आफूलाई मतदान गर्नेहरुलाई धन्यवाद दिए। पत्रकार सम्मेलनमा पहिचान सहितको प्रदेश १ पुनः नामांकन अभियान समितिका महासचिव रामभक्त कुरुम्बाङले एमाले अध्यक्ष केपी शर्मा ओली एकल पहिचानवादी भएको बताए। उनले भने, ‘ओली एकल पहिचानवादी हुन्, हामीले एकल पहिचानको नाम कोशी खारेजको माग गरिरहेका छौ, बहुपहिचानको माग गरिरहेका छौं।’ किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष यासेली योङहाङले उपनिर्वाचनमा माओवादी केन्द्रले समेत एमालेलाई साथ दिएकाले उसले पनि पहिचानको एजेण्डा त्यागेको टिप्पणी गरे। पहिचान पक्षधर नेताहरुले उपनिर्वाचनमा मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरेको विश्लेषण गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *