चौथो टी२०-मा ५९ रनले जीत, सीरीज भारतको झोलीमा

IMG-20220807-WA0140.jpg

७ अगस्तः भारतले चौथो टी२० अन्तर्राष्ट्रिय म्याचमा वेष्ट इण्डिजलाई ५९ रनले पराजित गऱ्यो। यस जीतको साथै भारतले पाँचवटा म्याचको टी२० सीरीजमा ३-१-को अजेय बढ़त हासिल गऱ्यो। म्याचमा पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनायो। जवाफमा वेष्ट इण्डिजको टीम १९.१ ओभरमा १३२ रन बनाएर अलआउट भयो। सीरीजको पाँचौं तथा अन्तिम म्याच आइतवार (आज) खेलिनेछ। फ्लोरिडा (अमेरिका)-को लाउडरहिलस्थित सेण्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम टर्फ ग्राउण्डमा टस हारेर पहिला ब्याटिंग गर्ने भारतीय टीमबाट शीर्ष क्रममा सबैले तेज गतिमा रन बटुले। यसमा रिषभ पन्तले ३१ बलमा ६ वटा चौकाको सहायताले सर्वाधिक ४४ रन बनाए। यसबाहेक कप्तान रोहित शर्माले १६ बलमा ३३ (३ वटा छक्का र २ वटा चौका) रन, सञ्जु सेमसनले २३ बलमा ३० रन, सूर्यकुमार यादवले १४ बलमा २४ रन र दीपक हूडाले २१ रन बनाए। यसरी नै अक्षर पटेलले ८ बलमा अविजित २० रन बनाए। वेष्ट इण्डिजका बलरहरूमा ओबेड म्याकोय र अल्जारी जोसेफले २-२ विकेट लिए।

जवाफमा वेष्ट इण्डिजले शुरुदेखि नै विकेट गुमाउन थाल्यो। भारतीय बलरहरूले असाधारण प्रदर्शन गर्दै विपक्षी टीममाथि शुरुदेखि नै दबाउ सृष्टि गऱ्यो। यसैको फलस्वरूप वेष्ट इण्डिज १३१ रनमा अलआउट भयो। कप्तान निकोलस पूरन र रोवम्यान पावेलले २४-२४ रन बनाए। शिमरोन हेटमायरले १९ रनको योगदान दिए।

भारतीय बलरहरूमा युवा अर्शदीप सिंहले सर्वाधिक ३ विकेट लिए। यसबाहेक अवेश खान, अक्षर पटेल र रवि विश्नोईले २-२ विकेट लिए। लयमा रहने ब्रेण्डन किंग र डेवोन थोमसको विकेट लिनको साथै कञ्जुसीको साथ बलिंग गर्ने अवेश खानलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement