मई दिवसको अवसरमा श्रमिकहरूलाई तिरपाल, चियापत्तीलगायत अन्य सामग्री प्रदान

IMG-20240501-WA0152

अलिपुरद्वार: मई दिवस अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मजदुरहरूलाई तिरपाल, चियापत्ती र अन्य सामग्रीहरू प्रदान गरियो। बुधवार मई दिवसको अवसरमा अलिपुरद्वार जिल्लाको काल्चिनी चिया बगानको बुकिनबारी क्षेत्रमा काल्चिनी कांग्रेस पञ्चायत सदस्य पासङ लामाले यस क्षेत्रका ६५० चिया मजदुरहरूलाई तिरपाल, चियापत्ती  र अन्य आवश्यक सामग्री प्रदान गरे। कार्यक्रममा कांग्रेसका अलिपुरद्वार जिल्ला अध्यक्ष शान्तनु देवनाथ लगायतको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement