बागडोग्रा पुलिसद्वारा ट्रकको गोप्य क्याबिनबाट ठूलो परिमाणमा विदेशी रक्सी बरामद, दुई जना पक्राउ

IMG-20240501-WA0126

सिलगढी: बागडोग्रा पुलिसले गोप्य कक्ष बनाएर ट्रकमा ठूलो परिमाणमा विदेशी रक्सी तस्करी गर्ने योजनालाई विफल पारेको छ। पुलिस स्रोतका अनुसार एउटै ट्रकको दुईवटा किर्ते नम्बर प्लेट बनाएर ठूलो परिमाणमा स्वदेशी तथा विदेशी रक्सी असमबाट बिहार लाँदै थियो। रक्सी तस्करीको सूचना पाएपछि पुलिसले बागडोग्रा पानीघाटा मोडमा ट्रकलाई बागडोग्रा क्षेत्रमा प्रवेश गर्ने बित्तिकै रोकेर खोजी गरेको थियो।

ट्रकमा ठूलो परिमाणमा विदेशी रक्सी बरामद भएको छ। यस घटनामा दुई जना पक्राउ परेका छन्। तस्करहरूले ट्रकभित्र गोप्य क्याबिन बनाएर प्लाइवुड राखेर गोप्य रूपमा रक्सी तस्करी गर्ने योजना बनाएका थिए। बागडोग्रा थानाले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। पक्राउ पर्नेमा बिहारको वैशालीका अजय कुमार र असमको बोंगाइगाउँका जाकिरुल इस्लाम रहेका छन्। बागडोगरा पुलिस चौकीले घटनामा अरु को को संलग्न छ भन्ने विषयमा अनुसन्धान शुरु गरेको छ।

About Author

Advertisement