म्यूनिख: यूएफा च्याम्पियन्स लीग फूटबलको सेमिफाइनल चरणअन्तर्गत पहिलो लेगको म्याचमा रियल म्याड्रिडले म्याच बचाएर आत्मविश्वास हासिल गऱ्यो। मंगलवार राति खेलिएको पहिलो लेगको म्याचमा रियल म्याड्रिडले बायर्न म्यूनिखलाई २-२-को ड्र-मा रोक्यो। यस ड्र-ले रियल म्याड्रिड आफ्नो होम ग्राउण्डमा खेलिने रिटर्न लेगको म्याच अघि सामान्य भए पनि अघि रहन पुग्यो। रियल म्याड्रिडको यस ड्र-मा विनिसियस जूनियर नायक रहे, जसले म्याचको दुई हाफमा टीमको निम्ति दुवै गोल गरे। आफ्नो होम ग्राउण्ड आलियाञ्ज एरेनामा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने बायर्नले पहिलो १५ मिनटमा लगातार आक्रमण गरे पनि गोल हासिल गर्ने मामिलामा रियल म्याड्रिड अघि रह्यो। मीडफिल्डर टोनी क्रूसको सहायताले २४औं मिनटमा विनिसियस जूनियरले रियल म्याड्रिडको निम्ति खाता खोले। मध्यान्तरपछि चाहिँ बायर्नले केवल चार मिनटको अन्तरमा २ गोलको साथ बढ़त हासिल गऱ्यो। होम टीमको निम्ति लेरोय सानेले ५३औं र हेरी केनले ४७औं मिनटमा गोल गरे। म्याचमा पछाड़िएपछि रियललाई विनिसियस जूनियरले नै हार्नदेखि बचाए। ब्राजीलका फरवर्डले ८३औं मिनटमा पेनल्टीबाट गोल गरे।