आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्दै

Watermark - 2

काठमाडौं: आज १ मई अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस। मजदुर आन्दोलनको सम्झना र मदजुरहरुको पेशागत हक अधिकारको वकालत गर्दै १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्दैछ। श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो।

सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको श्रम संगठन एवं श्रमिक नेताको सम्मेलनले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। त्यसयता श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष १ मईमा यो दिवस मनाउने गरिएको छ। दिवसकै सन्दर्भमा बुधबार नेपाल सरकारले सार्वजनिक विदा समेत दिएको छ। यो वर्षका लागि ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नारा तय गरिएको छ। सन् १८८६ मा मजदुर आन्दोलन चर्किदै गर्दा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम बिस्फोट भयो। सो बम विष्फोट कसले गराएको भन्न नखुले पनि पुलिसले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गरेको थियो। पुलिसको गोली लागेर सात मजदुरको मृत्यु भयो। मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ।

विश्वभर मजदुरहरुले यो दिवसलाई विशेष पर्वकारुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकुल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चिताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन्। नेपालमा भने विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। विसं २०४६ पछि यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो। दिवसका सन्दर्भमा विभिन्न मजदुर संघ संगठनहरूले कार्यक्रम गरी मनाउने गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement