टी२० वर्ल्ड कपको निम्ति अष्ट्रेलियाई टीममा स्थान पाएनन् स्टीव स्मिथले

IMG-20240501-WA0115.jpg

मेलबर्न: क्रिकेट अष्ट्रेलियाले आउँदो टी२० वर्ल्ड कप २०२४-को निम्ति १५ सदस्यीय टीमको घोषणा गऱ्यो, जसको कप्तानी अलराउण्डर मिचेल मार्शलाई औरपाचिक रूपले सुम्पिइएको छ। टीममा अनुभवी स्टीव स्मिथको साथमा युवा जेक फ्रेसर-म्याकगर्कले स्थान पाएनन्। यसरी पूर्व कप्तान तथा अष्ट्रेलियाको पीढ़ीका सबैभन्दा उत्कृष्ट ब्याटर स्मिथले गत एक दशकमा पहिलोपल्ट वर्ल्ड कपको टीममा स्थान पाएनन्। टी२० वर्ल्ड कपमा ३४ वर्षीय स्मिथले टीमको निम्ति ओपनिंग गर्ने आशा गरिएको थियो तर चयनकर्ताहरूले ट्रेविस हेड, डेविड वार्नर र मार्शमाथि भरोसा देखाए। टेस्ट र वनडे प्रारूपका सर्वश्रेष्ठ ब्याटरहरूमा एक स्मिथको टी२० प्रारूपमा चाहिँ रेकर्ड प्रभावशाली रहेको छैन। यसैकारण उनले आईपीएलमा पनि अनुबन्ध पाएनन्। उनले ६७ वटा टी२० इण्टरनेशनल म्याचमा २४.८६-को औसत र १२५.४५-को स्ट्राईक रेटले १०९४ रन बनाएका छन्। यसरी २२ वर्षीय अनक्याप्ड ब्याटर म्याकगर्कले आईपीएलको जारी सीजनमा उत्कृष्ट ब्याटिंग गरे पनि चयनकर्ताहरूका मन जित्न सकेनन्। उनले दिल्ली क्यापिटल्सबाट पाँचवटा म्याचमा २३७.५०-को अविश्वसनीय स्ट्राईक रेटले २४७ रन बनाएका छन्। चयनकर्ताहरूले उनको स्थानमा अलराउण्डर क्यामरन ग्रीन र जोश ईंग्लिशलाई चयन गरे।
अष्ट्रेलियाई टीमः
मिचेल मार्श (कप्तान), एश्टन एगर, प्याट कमिन्स, टिम डेविड, न्याथन एलिस, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिश, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेविड वार्नर, एडम जाम्पा।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement