७ अगस्तः कमनवेल्थ गेम्स २०२२-मा शनिवार भारतलाई कुश्तीमा मात्र ६ वटा पदक प्राप्त भयो। रवि दहिया, विनेश फोगाट र नवीन कुमारले स्वर्ण पदक जिते। यसरी नै पूजा गहलोत, पूजा सिहाग र दीपक नेहराले काँस्य पदक हासिल गरे। यसरी जारी कमनवेल्थ गेम्समा भारतको कुश्तीमा मात्र पदकको संख्या १२ पुग्यो। शुक्रवार दीपक पूनिया, बजरंग पूनिया र साक्षी मलिकले स्वर्ण पदक जितेका थिए। यसबाहेक शनिवार भारतीय पुरुष हकी टीमले दक्षिण अफ्रिकालाई ३-२-ले पराजित गरी फाइनलमा स्थान बनायो। भारतको अहिले १३ वटा स्वर्णसहित जम्मा ४० वटा पदक भएको छ। पदक तालिकामा भारत अहिले पाँचौं स्थानमा रहेको छ।
नवीन कुमारले भारतलाई कुश्तीमा छैटौं स्वर्ण पदक दिलाए। उनले ७४ किग्रा भार वर्गको फाइनलमा पाकिस्तानका मोहम्मद शरीफलाई सजिलैसँग ९-०-ले पराजित गरे। नवीनभन्दा अघि विनेश फोगाटले महिलाहरूकी ५० किग्रा भार वर्गमा भारतलाई स्वर्ण पदक दिलाइन्। कमनवेल्थ गेम्समा यो विनेशको लगातार तेस्रो स्वर्ण पदक हो। यसअघि उनले २०१४ र २०१८-मा पनि स्वर्ण पदक जितेकी थिइन्। विनेशको क्याटगरीमा नर्डिक सिस्टममा खेल भयो। यसमा एकजना पहलवानले आफ्नो भार वर्गमा रहने सबै प्रतिद्वन्द्वीहरू विरुद्ध खेल्नु पर्छ अनि शीर्षमा रहने पहलवानलाई स्वर्ण पदक प्राप्त हुन्छ। आफ्ना सबै प्रतिद्वन्द्वीहरूलाई पराजित गर्दै अघि बढ़्ने विनेशले अन्तमा श्रीलंकाकी चमुण्डया केसानीलाई पनि ४-०-ले पराजित गरिन्। उल्लेखनीय छ, कुनै भार वर्गमा कम्तीमा ६ जना पहलवान नरहे नर्डिक सिस्टम लागू गरिन्छ। यसरी नै दिग्गज पहलवान रवि दहियाले ५७ किग्रा भार वर्गको फाइनलमा नाइजेरियाका पहलवान ई वेल्सनलाई १०-०-ले पराजित गरे। यसअघि रविले सेमिफाइनलमा पाकिस्तानका असद अलीलाई पराजित गरेका थिए।
शनिवार भारतले कुश्तीमा ३ वटा काँस्य पदक पनि जित्यो। पूजा गहलोतले ५० किग्रा वर्गमा काँस्य पदक जितिन्। उनले स्कटल्याण्डकी क्रिस्टिले लेमोफेकलाई १२-२-ले पराजित गरिन्। पूजा सिहागले पनि कुश्तीमा काँस्य जितिन्। उऩले ७६ किग्रा वर्गमा अष्ट्रेलियाकी नाओमी डी ब्रुईनलाई ११-०-ले पराजित गरिन्। यसरी नै भारतलाई कुश्तीमा १२औं पदक दीपक नेहराले दिलाए। दीपकले ९७ किग्रा वर्गमा पाकिस्तानका तैयब राजालाई १०-२-ले पराजित गरी काँस्य पदक जिते।
भारतकी स्टार ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धुले महिला एकलको सेमिफाइनलमा स्थान बनाइन्। उनले क्वार्टर फाइनलमा मलेशियाकी जिन वी विरुद्ध १९-२१, २१-१४, २१-१८-ले जीत हासिल गरिन्। म्याचमा सिन्धुले पहिलो गेम गुमाइन्। त्यसपछि भारतीय शट्लरले असाधारण पुनरागमन गर्दै म्याच जितिन्। यसरी नै जेस्मिन लाम्बोरियाले बक्सिंगमा भारतलाई पहिलो पदक दिलाइन्। महिलाहरूकी ६० किग्रा भार वर्गमा जेस्मिनलाई ईंग्ल्याण्डकी गेमा पेज रिचर्डसनले पराजित गरिन्। यसरी जेस्मिनले काँस्य पदकमै चित्त बुझाउनु पऱ्यो। यसबीच स्टार बक्सर तथा वर्तमान विशअव च्याम्पियन निकहत जरीनले ५० किग्रा वर्गको फाइनलमा स्थान बनाइन्। उनले ईंग्ल्याण्डकी सवन्ना अल्फियालाई ५-०–ले पराजित गरी स्वर्ण पदकको लड़ाइँमा स्थान बनाइन्।