गान्तोक: राजधानीको तादोङ पॉंच माइलस्थित शिवालय मन्दिरको प्राङ्गणमा आइतवार आयोजित एक कार्यक्रमबिच ‘अवतार्स अफ् ब्रह्म'(‘AVATARS OF BRAHMA’) नामक पुस्तक लोकार्पित गरियो। उक्त पुस्तक रूम्तेक निवासी परीक्षित दाहाल र सेण्ट्रल पाण्डाम निवासी कौडिन्या अर्पणले लेखेका हुन्।
कार्यक्रमका मुख्य अतिथि सिक्किम सरकारका पूर्व सचिव केएन खतिवडा, विशिष्ट अतिथिहरू पूर्व निर्देशक रूद्र पौड्याल, प्रधान मुख्य अभियन्ता हरि शंकर शर्मा, वरिष्ठ साहित्यकारहरू पूर्ण योञ्जन, अमर बानियॉं लोहरो र प्रद्युम्न श्रेष्ठको उपस्थितिमा पुस्तक विमोचन गरियो। यस अवसरमा दुवै लेखकका अभिभावकहरू, साथी-भाई, शुभचिन्तक, सामाजिक कार्यकर्ता आदि पनि उपस्थित थिए।
यो पुस्तकमा आध्यात्मिक, भारतीय संस्कृति, समाज व्यवस्थापन, यो चराचर जगतको सृष्टि, भगवान ब्रह्मको अवतार जस्ता महत्वपूर्ण विषयलाई समेटेको बताइएको छ।