गान्तोक: शेरेथाङ पुलिस थाना क्षेत्र अन्तर्गत पॉंच माइलमा सोमवार दिउॅंसो भएको वाहन दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेहरूलाई एसटीएनएम अस्पतालमा भर्ती गरिएको छ।
पुलिस रिपोर्ट अनुसार, छाङ्गु पोखरीबाट फर्किने क्रममा जेएन रोड अन्तर्गत पॉंच माइलमा एउटा अल्टो वाहन सडकदेखि लगभग दश फीट तल झऱ्यो। वाहन 37 वर्षीय अब्दुल मल्लिकले चलाइरहेका थिए। उनको साथमा अन्य दुईजना मोहम्मद इस्तिहक र मोहम्मद आमिर पनि थिए।
घाइतेहरूलाई तत्काल उद्धार गरि अस्पताल पुऱ्याइयो। मोहम्मद इस्तिहकलाई गम्भीर चोट लागेको छ। घाइतेहरू मूलरूपमा बिहार निवासी हुन् भने अहिले गान्तोकमा बस्दै आएको बताइएको छ। वाहन चालकले नियन्त्रण गुमाएपछि वाहन दुर्घटनाग्रस्त बनेको बताइएको छ।
 
								



 
								

 
                     
								 
								 
															 
								 
								




