स्वदेश दर्श २.०को पहलमा गणतव्य प्रबन्धन समितिको बैठक सम्पन्न

IMG-20240430-WA0240.jpg

गान्तोक: स्वदेश दर्शन २.० पहल अन्तर्गत आयोजना गरिएको गणतव्य प्रबन्धन समितिको एक सभा गेजिङ जिल्ला अन्तर्गत राब्देञ्चीको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा सम्पन्न भएको सभामा विशेष गरेर पर्यटन क्षेत्रलाई बढावा दिन साथै यसलाई अघि लैजानै रणनीतिबारे छलफल गरियो। सभामा पर्यटन पूर्वाधारको अभिवृद्धि, दिगो पर्यटन अभ्यासको कार्यान्वयन र पर्यटन क्षेत्रको लचिलोपन र वृद्धिलाई टेवा दिन सीप विकास पहललाई बढावा दिने विषयमा छलफल भयो।

सभालाई सम्बोधन गर्दै जिल्लापाल एम भारनी कुमारले तोकिएको क्षेत्रको समयमै समाधान र प्रभावकारी व्यवस्थापनको महत्त्वमा जोड दिँदै, क्लियरेन्स र एनओसी सम्बन्धी थाँतीमा रहेका समस्याहरूलाई प्राथमिकता दिनुपर्ने सबै सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए।

सभामा आगामी दिनहरूमा गरिने कार्यक्रममाथि पनि प्रकाश पारे, जसमा संस्कृति, सम्पदा र प्रकृतिको विषयवस्तुमा आधारित खुला फोटो र भिडियो प्रतियोगिताको शुरुवातको लोगो र ट्यागलाइन प्रतियोगिताका विजेताहरूको घोषणा, आगामी 7 मईको दिन घोषणा गरिने अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement