सोरेङ जिल्लाको निम्ति २ वटा पोस्टल व्यालेट ढाकघरबाट प्राप्त

IMG-20240430-WA0239.jpg

सोरेङ: यसै महिनाको १९ अप्रेको दिन सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति चुनाउमा खटिएका अधिकारीहरूद्वारा पोस्टल व्यालेटको माध्यमद्वारा गरिएको मतदान अन्तर्गत आज सोरेङ जिल्लाले सोरेङको ढाकघरबाट २ वटा पोस्टल व्यालेट प्राप्त गरेको छ। आज ढाकघरबाट प्राप्त गरेको पोस्टल व्यालेट नोडल अधिकारी रजनी पेगालाई जिल्लापाल हिस्से डी. योङदा,जिल्ला चुनाउ अधिकारी गिदेन लेप्चा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा सुम्पिने कार्य सम्पन्न भयो। आज प्राप्त भएको सबै पोस्टल व्यालेट सम्वन्धित विभागका अधिकारी साथै राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा स्थापित स्ट्रङ रूममा राखिने कार्य भयो। प्राप्त सबै पोस्टल व्यालेटहरू भारतीय चुनाउ आयोगको दिशा निर्देश बमोजिम भीडियो पनि गरिएको छ।

उल्लेखनीय छ, अहिलेसम्म सोरेङ जिल्लाले गत १६ अप्रेलदेखि आजसम्म चारवटा निर्वाचन क्षेत्रको निम्ति कूल १२२ वटा पोस्टल व्यालेट प्राप्त गरिसकेको छ।

About Author

Advertisement