गान्तोक: गत १९ अप्रेलको दिन सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति पाकिम जिल्लाले हालसम्म २३४ वटा पोस्टल व्यालेटको माध्यमद्वारा मतदान प्राप्त गरेको छ। यसै क्रममा आज कूल १९ वटा पोस्टल व्यालेट प्राप्त भएको जानकारी गराएको छ। विशेष गरेर चुनाउमा खटिएका अधिकारीहरूले पोस्टल व्यालेटको माध्यमद्वारा मतदान गर्ने अवसर पाएका थिए। भारतीय चुनाउ आयोगको दिशा निर्देश बमोजिम ढाकघरबाट प्राप्त पोस्टल व्यालेट चुनाउ अधिकारी, जिल्ला प्रशासनिक केन्द्रका अधिकारी साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा स्ट्रङ रूममा सील गरिने छ।भारतीय चुनाउ आयोगको निर्देशलाई पालन गर्दै महकुमा अधिकारी (मुख्यालय)ले आज प्राप्त भएको सबै पोस्टल व्यालेटको मिति सहित सम्वन्धित निर्वाचन क्षेत्रको निम्ति छुट्टाएको छ।









