कुनै पनि जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन:  अध्यक्ष ओली

IMG-20240430-WA0017

झापा (नेपाल): नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन्। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार विजय भएपछि आयोजित सभामा बोल्दै  अध्यक्ष ओलीले कोशी प्रदेश नामाकरण गर्दा केही पनि नब्रिगिएको बताए। साझा नाम भएकाले कोशी प्रदेशको नामाकरण गर्दा केही पनि नबिग्रने ओलीको तर्क थियो। उनले कोशी प्रदेशको नामाकरणलाई लिएर कसैले पनि संवेदनशील बन्नुपर्ने आवश्यकता नभएको बताए। विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, बागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै ओलीले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे। उनले समृद्ध नेपालः सुखी नेपाली आम नेपालीको पहिचान भएको र त्यसलाई साकार पार्न एमाले लागि परेको बताए। अध्यक्ष ओलीले अनेकौ भ्रमपूर्ण कुराहरुलाई चिर्दै एकिकृत मालेलाई विजयी गराएको भन्दै पार्टीका नेता, कार्यकर्तालाई धन्यवाद व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *