इचिबान कराते एकाडमीको उत्कृष्ट प्रदर्शन

IMG-20220807-WA0131.jpg

७ अगस्तः कलकत्ताको नेताजी इण्डोर स्टेडियममा गत ३० र ३१ जुलाईको दिन भएको छैटौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीप २०२२-मा सिलगढ़ीको इचिबान कराते एकाडमीका खेलाड़ीहरूले ३ वटा स्वर्णसहित जम्मा ११ वटा पदक जिते। प्रशिक्षक सेन्सी रिजोंग तामाङ (२ ब्ल्याक बेल्ट डान, राष्ट्रिय च्याम्पियन तथा प्रशिक्षक)-को मार्गदर्शनमा जाने यस एकाडमीका टीमबाट रिशिका झा, देबोस्मिता बर्मन र नितिन यादवले भारतको निम्ति स्वर्ण पदक जिते। यसरी नै अंकिता सन्यासी, अकांक्षा सेन र कुश यादवले रजत पदक हासिल गरे। काँस्य पदक जित्ने खेलाड़ीहरूमा शुभाञ्जली बागदास, तनुश्री रोय, उत्तम बावरी र अभय खाल्को सामेल छन्। यसमा अभयले २ वटा काँस्य पदक जिते। यसरी नै राज प्रधानले रजत र काँस्य गरी जम्मा २ वटा पदक जिते।

यस अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीपमा आठ वटा देशबाट ४५०० भन्दा अधिक प्रतियोगीहरूले हिस्सा लिएका थिए। खेलाड़ीहरूका उत्कृष्ट प्रदर्शनमा खुशी व्यक्त गर्दै इचिबान कराते एकाडमीका प्रशिक्षक सेन्सी रिजोंग तामाङले भविष्यमा देशको निम्ति अझ धेर पदकहरू जित्ने आशा व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement