इलामको विजय सभाबाट फर्किँदै गरेको पिकअप  दुर्घटना

IMG-20240430-WA0016

झापा (नेपाल): इलाम बजारको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप दुर्घटना हुँदा करिब १५ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको युवा संघका नेता दिनेश ढकालले जानकारी दिए। इलाम बजारबाट विजयसभाका सहभागीलाई लिएर गएको पिकअप इलाम नगरपालिका ५, बिब्ल्याँटे बजारछेउ इक्सा होटल गोलाईमा दुर्घटना भएको हो। गाडी गोलाईमा ल्टिएको थियो। घाइतेहरूलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement