ईंग्ल्याण्डद्वारा टी२० वर्ल्ड कपको निम्ति टीमको घोषणा

IMG-20240430-WA0236.jpg

लण्डन: ईंग्ल्याण्डले जूनमा वेष्ट इण्डिज र संयुक्त राज्य अमेरिकामा हुने आउँदो आईसीसी टी२० वर्ल्ड कपको निम्ति १५ सदस्यीय प्रारम्भिक टीमको घोषणा गऱ्यो। जोस बटलरको कप्तानीमा रहने ईंग्ल्याण्डको टीममा पेस बलर जोफ्रा आर्चरलाई सामेल गरिएको छ। दाहिने हातको चोटबाट मुक्त भएर आर्चर एक सालपछि पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किनेछन्। साल २०२१-पछि उनले धेरैपल्ट चोटको सामना गर्नु पऱ्यो। यसले गर्दा उनले सर्जरीको पनि सहारा लिनु पऱ्यो। यस २९ वर्षीय पेस बलरले आफ्न अन्तिम अन्तर्राष्ट्रिय म्याच मार्च २०२३-मा बंग्लादेश यात्रामा खेलेका थिए। टी२० वर्ल्ड कपको निम्ति चयन गरिएको टीममा एकमात्र अनक्याप्ड खेलाड़ीको रूपमा टम हार्टलेलाई स्थान दिइएको छ। टी२० वर्ल्ड कप अघि ईंग्ल्याण्डले २२ मईदेखि पाकिस्तान विरुद्ध होम सीरीज खेल्नेछ। टी२० वर्ल्ड कपमा ईंग्ल्याण्डको पहिलो म्याच ४ जूनमा स्कटल्याण्ड विरुद्ध रहेको छ।
ईंग्ल्याण्डको टीमः
जोस बटलर (कप्तान), मोईन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, हेरी ब्रूक, सेम कुरेन, बेन डकेट, टम हार्टले, विक ज्याक, क्रिस जोर्डन, लियाम लिविंगस्टोन, आदिल रशीद, फिल सल्ट, रीस टपले र मार्क वुड।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement