अजय एडवर्ड्सको अनशनसँगै दार्जिलिङ नगरपालिकाले हटाएँ चौरास्ताको पण्डाल

IMG-20240430-WA0229.jpg

दार्जीलिङ हामी सबैको हो: अजय एडवर्ड

दार्जीलिङ: दार्जीलिङ अनित थापा र दिपेन ठकुरीको मात्र होइन भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले बताएका छन्। दार्जीलिङ एक पर्याटन स्थल हो यहाँ देश- विदेशका मानिसहरू घुम्न आउने गर्छन् अनि दार्जीलिङको सबैभन्दा आकर्षणको केन्द्र विन्दु भनेको नै चौरास्ता माल रोड हो।दार्जीलिङ घुम्न आएका पर्याटकहरु चौरास्ता माल रोडमा घुम्ने गर्छन् अनि यहाँ राखेको बेञ्चहरूमा बसेर रमिता हेर्दै आराम गर्ने गर्छन्। स्थानीय मानिसहरू पनि चौरास्ता माल रोडको मनमोहक दृश्यहरूसंग रमाउने गर्छन्। तर दार्जीलिङको आकर्षणको केन्द्र विन्दु मानिने चौरास्ता माल रोडको खुल्ला मैदानमा कार्यक्रमहरुको निम्ति पण्डाल लगाउने कार्यहरू भएपछि स्थानीय मानिसहरू दार्जीलिङ नगरपालिकासँग धेरै बिच्किएका छन् भने आज बिहान हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवर्ड्स चौरास्ताको खुल्ला मैदानमा पण्डालको निर्माण भईरहेको स्थानमा गएर अनशनमा बसेका थिए। यस अवधि हाम्रो पार्टीको कार्यकर्ताहरुसंग- संगै सामाजिक कार्यकर्ताहरू पनि अनशनमा बसेका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्स अनशनमा बसेको आधा घण्टा नबित्दै दार्जीलिङ नगरपालिकाले निर्माण कार्य चलिरहेको पण्डाललाई तोड्ने निर्देश दिए अनि निर्माणाधीन पण्डाल तोड्ने कार्य भयो। अनशनमा बसेका हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले पनि पण्डाल हटाउने कार्यमा सहयोगको हात बढाएको जानकारी प्राप्त भएको छ। यसै अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले दार्जीलिङ अनित थापा र दिपेन ठकुरीको मात्र होइन। उनी पाँच वर्षको निम्ति जीटीए र दार्जीलिङ नगरपालिकाको चौकीमा आएको हो। उनले अघि भने, अनित थापा र दिपेन ठकुरी जस्ता कति आएँ कति गए। तर दार्जीलिङ पहाड़लाई कसैले पनि लाथालिङ्गै भताभुङ्ग बनाउनु पाउँदैन। हाम्रो दार्जीलिङको गरिमा बचाउने दायित्व हामी सबैको हो।’ हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले अझ भने, दार्जीलिङ नगरपालिकाले चौरास्ताको खुल्ला मैदानमा लगाएको टाईल्सलाई उकाएर खाल्डा खनेर पण्डालको पोस लगाउने अनुमति प्रदान गर्नु सबैभन्दा ठूलो गल्ती रहेको छ। अब त्यो खाल्डा भर्दा जो खर्च हुन्छ त्यो राशि कसले भुक्तान गर्छ भन्ने प्रश्न तेर्साउँदै दार्जीलिङ नगरपालिकाले नगरवासीहरूको थाप्लोमा अझ धेर थोप्ने कार्य गर्दैछ भन्ने अध्यक्ष एडवर्ड्सले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *