अब अष्ट्रेलियाले पनि एमडीएच र एभरेस्ट मसलाको पनि जाँच गर्ने

Masala

नयाँ दिल्ली: एमडीएच र एभरेस्ट मसाला विवादको लहर अब हङकङ र सिंगापुर हुँदै अष्ट्रेलिया-न्युजिल्याण्ड पुगेको छ। फुड स्ट्यान्डर्ड अष्ट्रेलिया न्युजिल्याण्ड (एफएसएएनजेड) ले मंगलबार घोषणा गरेको छ कि यसले भारतीय कम्पनी एमडीएच र एभरेस्टले उत्पादित मसलामा मिसावट भएको आरोपको छानबिन गरिरहेको छ। मिडिया रिपोर्टका अनुसार हङकङ र सिंगापुर जस्ता कारबाहीपछि अष्ट्रेलियाको बजारबाट पनि यी उत्पादनहरु फिर्ता गर्न सकिनेछ। हङकङले भर्खरै तीन एमडीएच मसला र एभरेस्टको फिश करी मसलाको बिक्रीमा प्रतिबन्ध लगाएको छ। इथिलिन अक्साइडको मात्रा अत्यधिक भएको भन्दै सिंगापुरले एभरेस्टको मसला बजारबाट फिर्ता मगेओ छ। यो एक रसायन हो जसले लामो समयसम्म यसको सम्पर्कमा रहँदा क्यान्सर हुनसक्छ।

‘हामी यस मुद्दालाई बुझ्न अन्तर्राष्ट्रिय समकक्षहरूसँग र अष्ट्रेलियामा थप कारबाही आवश्यक छ कि छैन भनेर निर्धारण गर्न संघीय, राज्य र क्षेत्रीय खाद्य प्रवर्तन एजेन्सीहरूसँग काम गरिरहेका छौं’, एफएसएएनजेडले एक विज्ञप्तिमा भन्यो। एजेन्सीले अष्ट्रेलियामा बिक्री हुने खानामा इथिलीन अक्साइड प्रयोग गर्न नपाइने बताएको छ। यदि कारबाही अघि बढ्यो भने, प्रभावित उत्पादनहरू बजारबाट फिर्ता हुनसक्छ। एमडीएच र एभरेस्ट भारतका प्रमुख मसला ब्राण्डहरू हुन् जसको युरोप, एसिया र उत्तर अमेरिकामा उल्लेखनीय उपस्थिति छ। अमेरिकामा रहेको युनाइटेड स्टेट्स फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ। भारतको खाद्य नियामकले एमडीएच र एभरेस्ट दुवैको उत्पादन सुविधाको पनि निरीक्षण गरेको छ। भारतीय मसलामा प्रश्न उठ्ने र अन्तर्राष्ट्रिय नियामक निकायबाट छानबिन शुरु भएपछि खाद्यवस्तुमा स्वास्थ्य चिन्ता बढेको छ। अष्ट्रेलियाका उपभोक्ताहरूलाई अनुसन्धान पछि सम्भावित रिकलहरू बारे सचेत हुन र खरिद गर्दा खाद्य सुरक्षा सुनिश्चित गर्न सल्लाह दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement