खरसाङकी नारी स्रष्टा शोभा राईकृत दुईवटा कविता कृतिहरू विमोचन हुने

IMG-20240430-WA0225.jpg

खरसाङ: खरसाङकी नारी स्रष्टा शोभा राईद्वारा लिखित दुईवटा कविता कृतिहरू एकैचोटी खरसाङमा विमोचन गरिने भएको छ। शोभा राईद्वारा लिखित दुईवटा कविता कृतिहरू क्रमैले ‘अनुग्रहका रङ्हरू’ र ‘कुटिल कञ्चनजंघा’ आगामी ३ मई २०२४ शुक्रबारको दिन खरसाङमा विमोचन गरिने भएको छ। उक्त दुईवटा कविता कृतिहरूक विमोचन कार्यक्रम खकसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न हुने भएको छ। यस कार्यक्रममा नारी स्रष्टाहरूले कविता वाचन गर्ने कार्यक्रम पनि रहेको छ भने दुईवटै कृतिहरूमा समीक्षात्मक टिप्पणी पनि राखिने भएको छ। उक्त विमोचन कार्यक्रमको अध्यक्षता गोर्खा जनपुस्ताकालय खरसाङको अध्यक्ष पूर्ण गुरुङ ‘निरुपम”ले गर्नेछन् भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार उदय थुलुङ उपस्थित रहने जानकारी प्राप्त भएको छ। खरसाङकी नारी स्रष्टा शोभा राईले लामो समयदेखि कविता लेख्दै आएकी थिइन् भने यसपाली उनले एकैचोटी दुईवटा कविताहरू अनुग्रहका रङहरू र कुटिल कञ्चनजंघा प्रकाशित गरेर नेपाली साहित्य क्षेत्रमा बलियो उपस्थिति दिएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *