वी लभ तीनधारे लेखेको बोर्डलाई संरक्षण गर्नु पर्ने आह्वान्

IMG-20240430-WA0224.jpg

खरसाङ: तीनधारेको गोलाई पाखास्थित नयाँ रोडमा रहेको वी लभ तीनधारे लेखेको बोर्डलाई संरक्षण गर्नु पर्ने आह्वान् घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य अजय विश्वकर्मले गरेका छन्। उनले वी लभ तीनधारे लेखेको बोर्डमा पत्रकारहरूसित कुराकानी गर्दै वी लभ तीनधारे लेखेको बोर्ड तीनधारे क्षेत्रको लागि सम्पत्ति हो र यसलाई संरक्षण साथै सुरक्षित राख्नु सबै तीनधारेवासीको उत्तरदायित्व रहेको बताएका छन्। उनले यहाँ टाड़ा नजिकका पर्यटकहरू आउने गरेको र यहाँ आएर फोटो खिँचाउने गरेको साथै सबैजना रमाउने गरेका छन् भनी बताउँदै तर अहिले यस बोर्डमा माथिपट्टि चढ़ेर साथै हल्लाउने गरेको सुनिएको बताएका छन्। उनले यस बोर्डको माथि चढ्नु नहुने साथै माथि चढेर फोटो क्लिक गर्नु नहुने बताएका छन्। पञ्चायत सदस्य अजय विश्वकर्मले वी लभ तीनधारे लेखेको बोर्डको लेटर आर र टी निक्कै हल्लिने गरेको र यसलाई हेरचाह गर्नु पर्ने सुझाव राखेका छन्। उनले यसलाई हामी सबैले संरक्षण गर्नु पर्ने र यसको संरक्षणको लागि स्थानीय प्रशासनलाई निवेदन गर्दै दुईजना सिभिक भोलेन्टियर्स खटाईदिने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement