लकेट च्यटर्जीको नामांकनमा पुष्कर सिंह धामी भए सामेल

dhami-road-show-in-hugli.jpg

हुगली: हुगली लोकसभा सीटबाट भारतीय जनता पार्टी (भाजपा)- की उम्मेद्वार लकेट च्यटर्जीको नामांकनमा देवभूमि उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी सामेल भए। धामीले चुँचुड़ा स्टेशनदेखि हुगली जिल्लाधिकारीको कार्यालयसम्म रोड शो गरे।

उत्तराखण्डका मुख्यमन्त्रीले नियुक्ति भ्रष्टाचारको मामिलामा पश्चिम बंगाल सरकारलाई घेरे। मीडियासितको बातचितमा धामीले भने, मोदीजीलाई तेस्रो पटक पनि प्रधानमन्त्री बनाउनको लागि बंगालभरि नै लहर चलिरहेको छ। बंगालमा तृणमूलले घोटाला तथा ठूल्ठूला कारनामाहरू गरेको छ। भ्रष्टाचारको आरोपमा तृणमूल कंग्रेसका धेरैजना नेताहरू अहिले पनि जेलमा थुनिएका छन्। बंगालका जनता ममता ब्यनर्जीसित प्रतिशोध लिन चाहन्छन्।

लकेट च्यटर्जीको नामांकनमा उत्तराखण्डमा मुख्यमन्त्री अतिरिक्त कलकत्ता हाई कोर्टका पूर्व जज अभिजीत गांगुली, भाजपाका राज्यसभा सांसद शमिक भट्टचार्य सहित केही गणमान्य मानिसहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement