७ अगस्तः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत शनिवार दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा एमआरपी-ले साहिल स्पोर्टिंग क्लबलाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा अम्बोटिया युनाइटेडले लोवर सीडर्स युनाइटेडलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट हबिबाशले ३२औं र ५६औं मिनटमा २ गोल गरे। यसबाहेक एक गोल फ्र्यांकले ५२औं मिनटमा गरे। यसरी नै लोवर सीडर्स युनाइटेडबाट उपेनले १६औं मिनटमा गोल गरे। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।