नेपाल आईडलमा पुगेका मोहित भुजेललाई सहयोग गर्न युवाहरूद्वारा खरसाङमा गीत प्रस्तुति गर्दै अर्थ संकलन

IMG-20240430-WA0215.jpg

खरसाङ: नेपाल आईडलमा पुगेका खरसाङको सिविटार चियाबारी निवासी मोहित भुजेललाई भोट गरिदिने अपिलको साथमा युवा गायकहरूको टोलीले खरसाङमा कार्यक्रम प्रस्तुत गरेर अर्थ संकलन गरेका छन्। खरसाङको सिविटार चियाबारी निवासी पिता मिलन भुजेल अनि माता चन्द्रिका भुजेलको सुपुत्र मोहित भुजेल हालमा नेपाल आईडलको मञ्चमा आफ्नो प्रस्तुति दिईरहेका छन्। उनलाई जिताउन युवा गायकहरू क्रमैले मेरो भोइस कप युनिभर्समा टप २० सम्म पुगेका रजत सुब्बा, हिमालयन आईडल सिजन दुईको विजेता श्रावण बराईली साथै अयन विश्वकर्म र बिनय दान्तिले खरसाङको रेलवे स्टेशन परिसरमा आयोजित डोनेशन संकलनमा गीतहरू प्रस्तुत गरेका थिए। युवा गायकहरूले आफ्नो प्रस्तुति दिएर नेपाल आईडलक मञ्चमा पुगेका मोहित भुजेललाई जिताउन सहयोगको अपिल गरेका छन्।

यस क्रममा गायक रजत सुब्बाले सबैलाई मोहित भुजेललाई जिताउन सहयोग गरिदिने निवेदन गरेका छन्। उनले आज खरसाङमा कार्यक्रम गरिएको र अब आगामी दिनमा अन्य स्थानहरूमा पनि कार्यक्रम गरेर मोहित भुजेलको लागि अर्थ संकलन गरिने जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *