गोर्खा जनपुस्ताकालय खरसाङलाई साउण्ड सिस्टम प्रदान

IMG-20240430-WA0211.jpg

खरसाङ: भारतको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङलाई नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङद्वारा साउण्ड सिस्टम प्रदान गरेका छन्। उनले जनपुस्ताकालयलाई ध्वनि प्रसारणको लागि असल प्रकारको साउण्ड सिस्टम प्रदान गरिएको छ। उक्त साउण्ड सिस्टम प्रदान गरिने कार्यक्रम गोर्खा जनपुस्ताकालय खरसाङको अध्ययन कक्षामा सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई पुस्तकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेका थिए भने कार्यक्रममा नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले सम्बोधन गर्दै पुस्ताकालयलाई नमस्ते खरसाङको टोलीको पक्षबाट सानो उपहार भनी बताएका छन्। कार्यक्रममा वरिष्ठ उदघोषक उमेश कार्कीढोलीले सम्बोधन गर्दै नमस्ते खरसाङले कार्यक्रम र समाचार मात्र प्रसारण गर्दैन तर विभिन्न सामाजिक कार्यहरू र समाज उत्थानको लागि पनि कार्य गरिरहेको बताएका छन्। उनले नमस्ते खरसाङको विभिन्न कार्यक्रमहरू विषयमा बताएका थिए। कार्यक्रममा पुस्तकालयको पक्षमा अध्यक्ष पूर्ण गुरुङ निरूपम, पूर्व सभापति तिलक शर्मा आदिले वक्तव्य राखेका थिए। पुस्तकालयलाई चाहिने साउण्ड सिस्टम प्रदान गरेकोमा पुस्तकालयको पक्षबाट नमस्ते खरसाङको टोली र प्रबन्ध निर्देशक निर्मल गुरुङलाई धन्यवाद दिएका छन्। कार्यक्रममा नमस्ते खरसाङको तर्फबाट पत्रकारहरू, समाचार वाचकहरू र अन्य उपस्थित रहेका थिए भने पुस्तकालयको पक्षमा अध्यक्ष पूर्ण गुरुङ निरूपम, उपाध्यक्ष प्रकाश प्रधान, कोषाध्यक्ष निरङ्कर थापा, पूर्व सभापति तिलक शर्मा लगायत पुस्तकालयको कार्यकारी सदस्यहरू उपस्थित रहेका थिए।

यसरी पुस्तकालयलाई चाहिने साउण्ड सिस्टम प्रदान गरेकोमा पुस्तकालयको पक्षबाट मूल सचिव विनोद रसाइलीले पत्रकारहरूसित कुराकानी गर्दै नमस्ते खरसाङ टोली र प्रबन्ध निर्देशक निर्मल गुरुङलाई धन्यवाद दिएका छन्। उनले हामीलाई साउण्ड सिस्टम अत्यन्तै अावश्यक रहेको थियो र आज नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले हाम्रो आवश्यकता पूरा गरिदिएकोमा आभार प्रकट गरेका छन्। उनले पुस्तकालयलाई आवश्यक पर्ने कुनै पनि सर सामानहरू कसैले प्रदान गर्न चाहेको खण्डमा हामी सहृदय स्वागत जनाउने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement