लक्ष्मी भण्डारको पैसा निकाल्न घरबाट निस्किएकी एक महिला बेपत्ता

IMG-20240430-WA0198

जलपाईगढी: लक्ष्मी भण्डारको पैसा निकाल्ने नाममा घरबाट निस्किएकी एक महिला बेपत्ता भएकी छन्। यस्तै एउटा घटना जलपाईगढी जिल्लाको मैनागढी नगरपालिकाको वार्ड न० ७ को साहापारा क्षेत्रमा भएको छ। बेपत्ता भएकी गृहिणीको नाम मन सरकार बताइएको छ। पारिवारिक स्रोतका अनुसार गत सोमबार महिला लक्ष्मी भण्डारको पैसा ब्यांकमा झिक्नका लागि आवश्यक कागजात लिएर घरबाट निस्किएकी थिइन्। दिउँसोसम्म घर नफर्केपछि उनका बाबु जयगोपालले खोजी गर्न थाले। धेरै ठाउँमा खोजी गर्दा पनि गृहिणीको कुनै पत्ता लागेन। गृहिणीका बाबु जोयगोपाल साहले मंगलबार बेपत्ता बालिकाको खोजी गर्न मैनागुरी पुलिस चौकीमा सम्पर्क गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement