झापा (नेपाल): मोरङ जिल्लाको लेटाङ नगरपालिकाले नगरका मुख्य चौकहरुको चारैतिर सय मिटर भन्दा टाढा मात्र पार्किङ गर्न पाउने नियम राखेपछि विपि चौकमा रहेको काउन्टरलाई प्रत्यक्ष असर गरेको र व्यवसायीहरुसँग कुनै पनि छलफल नै नगरि निर्णय गरेको भन्दै व्यवसायीहरु आन्दोलित बनेका छन्। व्यवसायीहरुले अहिले लेटाङ नगरपालिका अगाडी बस राखेरै आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाले १५ दिन पुर्व पटि पर्किङ गर्ने। १५ दिन पश्चिम तर्फ पार्कीङ गर्ने समेत निर्णय गरेको छ।









