सांसद डा. सुनिल शर्माको  पहलमा नोवेलको निःशुल्क स्वास्थ्य शिविर

IMG-20240430-WA0005

झापा: मोरङ  जिल्लाको विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी पहाडी जिल्ला भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौविसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरको छ। सो शिविरमा ३५२८ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार भएको हो। संघिय सांसद डा. सुनिल कुमार शर्माको विशेष पहल तथा भोजपुर जिल्लाको प्रदेश सभा सांसद विनोद वान्तावाको समन्वयमा षडानन्द नगरपालिकाको आयोजना र अरुण गाउँपालिका, सल्पासिलिछो गाउँपालिकाको सहयोगमा दिङ्ला बजार स्थित गान्धी अस्पतालमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीले मिति २५ अप्रेल (२०८१ बैशाख १३) बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो। सो शिविरमा १७८३ जना रोगीको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार भएको छ। सो शिविरमा जाँच गराएका मध्ये १३४ जना विपन्न विरामीहरुको थप उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार हुनेछ। उनीहरुले प्राप्त गर्ने निःशुल्क स्वास्थ्य उपचारमा शल्यक्रिया समेत निःशुल्क हुने जनसम्पर्क अधिकृत नविन दाहालले बताए।

त्यस्तै  २६-२७ अप्रेल (२०८१ बैशाख १४ र १५) मा धनकुटा जिल्ला पाख्रीबास नगरपालिका स्थित उत्तरपानीमा पाख्रीबास नगरपालिकाको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ८७५ जना विरामी लाभान्वित भएका छन्। २८ अप्रेल (२०८१ बैशाख १६) धनकुटाकै चौबीसे गाउँपालिका बुधबारेमा चौबीसे गाउँपालिकाको आयोजनामा एक दिवसीय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त अवसरमा ८७० जना रोगीको स्वास्थ्य परीक्षण तथा उपचार भएको थियो। जनसम्पर्क अधिकृत नविन दाहालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएर थप उपचारका लागि रेफर भएका रोगीहरुको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा सहुलियतमा उपचार हुनेछ। डा. सुनिल शर्माको नेतृत्वमा पूर्वी नेपाल साथै सुदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा बृहत निःशुल्क स्वास्थ्य शिविरहरुको आयोजना हुँदै आएको छ।  सो शिविरहरुबाट हजारौं रोगीहरु लाभान्वित भई सकेका छन् भने शिविरबाट थप उपचारका लागि रिफर भएका असक्त असाहय रोगीहरुको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार समेत हुँदै आएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *