‘प्राइम सिलगढी च्यालेन्ज ट्रफी’ ९ मईदेखि शुरु हुने

IMG-20240430-WA0172

सिलगढी: क्रिकेट प्रेमीहरूको प्रतिक्षाको अन्त्य गर्दै स्वास्तिक युवा संघद्वारा आयोजित ‘प्राइम सिलगढी च्यालेन्ज ट्रफी’ ९ मईबाट कञ्चनजङ्घा स्टेडियममा शुरु हुनेछ। प्रतियोगिताका मुख्य प्रायोजक सिलगढीका मेयर गौतम देव, क्लबका अध्यक्ष जस्टिस जयजित चौधरीलगायत सम्पादक क्लबका सदस्यले फोसिन गेटमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको विवरण प्रस्तुत गरे। यस प्रतियोगितामा कुल १२ टोलीको सहभागिता रहनेछ। प्रत्येक दिन दुई खेल हुनेछन्। प्रतियोगितामा सिलगढी क्लब बाहेक असम, मालदा, नेपाली टोली सहभागी छन्। मेयर गौतम देवले सिलगढीमा क्रिकेटको हितमा पत्रकारहरुलाई बताएl यति ठूलो प्रतियोगितालाई सार्थक बनाउन उद्यमीहरूलाई खडा हुन अनुरोध गरेl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement