खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा बस्नेतको पुर्नवहाली

IMG-20240430-WA0003

झापा: उच्च अदालत विराटनगरले खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा कृष्ण बस्नेत परशुरामलाई पुनर्बहाली गर्न आदेश दिएको  छ। उच्च अदालत विराटनगरका न्यायधिश ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले सोमबार साँझ कृष्ण बस्नेत परशुरामलाई पुर्नवहाली गर्न आदेश दिएको हो। उच्च अदालतको यो आदेशसँगै अहिलेका सदस्यसचिव हंसराज वाग्ले पदमुक्त भएका छन्। तत्कालीन प्रदेश न० १ सरकारको ४ अप्रेल २०२२ (२०७८ चैत्र २१ गते) बसेको मन्त्री परिषदको बैठकले बस्नेतलाई पदमुक्त गर्दै ओखलढुङ्गाका वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो। तत्कालीन सामाजिक विकास मन्त्री राजन राईले बस्नेतलाई पदमुक्त गर्दै वाग्लेलाई सदस्य सचिवमा नियुत्ती गरेका थिए। उक्त निर्णय विरुद्ध बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशको माग सहित मुद्दा दायर गरेका थिए। त्यो बेला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अहिले आएर पुर्नवहाली गर्ने आदेश दिएको हो। बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले ७ अक्टोबर २०२१ (२०७८ असोज २४ गते) बोर्डको सदस्य सचिवमा नियुक्त गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *