जलपाईगढी: उत्तर बंगालको जलपाईगढीमा अत्याधिक गर्मी छ। यसैबीच नेताजी पारा वार्ड न० २५ परेश मित्र कालोनीका स्थानीयले केही दिनदेखि खानेपानी नपाएको भन्दै सडक अवरुद्ध गरेका छन्। मंगलबार दिउँसो करिब १२ बजे जलपाईगढीमा खाली बाल्टिन लिएर गोसाला जंक्शनबाट नेताजी पाडा रोडको अवरोधमा सामेल भए। पिउने पानीको माग गर्दै बासिन्दा साना–ठूला बालबालिकालाई काखमा लिएर सडकमा उत्रिए। काउन्सिलरले कुनै काम नगरेको आरोप छ। सडक अवरुद्धका कारण धेरै सवारीसाधन रोकियो। स्थानीय पार्षद पौषाली दासले खानेपानीको समस्या भएको स्वीकार गर्दै नगरपालिकालाई पटकपटक जानकारी गराएको बताइन्। ‘अमृत आयोजनाको खानेपानीको काम धमाधम भइरहेको छ। समस्या समाधान हुनेछ’, उनले भनिन्l सडक अवरुद्ध हटाउनका लागि गर्ने प्रयास भइरहेको छ।










