दिनहाटा भरुवा बन्दुकसहित एकजना पक्राउ

IMG-20240430-WA0152.jpg

कोचबिहार: दिनहाटा पुलिसले बन्दुक सहित एक जना पक्राउ गरेको छ। दिनहाटा १ ब्लक पेटला ग्राम पञ्चायतको राजाखोरा क्षेत्रबाट युवकलाई पक्राउ गरिएको हो। युवकको नाम अर्जुन मण्डल हो। उनको साथबाट पेस्तोल बाहेक एक राउण्ड गोली बरामद भएको छ। अर्जुन मण्डलमाथि धेरै गम्भीर आरोप छन्। पुलिसले लामो समयदेखि उनको खोजी गरिरहेको थियो। यसै दिन दिनहाटा पुलिसले गोप्य श्रोतको आधारमा अपरेशन गरी राजाखोरा इलाकाबाट हतियारसहित उनलाई पक्राउ गरेको थियो। अर्जुनलाई पक्राउ गर्न पुलिसले लामो समयदेखि निगरानी राखेको जिल्ला पुलिस कार्यालयले जनाएको छ। अन्ततः उनी समातिए। उनीमाथि विभिन्न किसिमका आरोप लागेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement